साेचेकाे र देखेको अमेरिका अाकाश र पाताल काे भिन्नता

spot_img

राकेश देबकाेटा

विकसित रास्ट्र अमेरिका पुग्यो भने स्वर्गकै जस्तो जिबन हुन्छ हाेला भनी कल्पना गर्नु स्वभाविक थियोे । अमेरिका गएका हरु ले गर्ने यस्तै यस्तै कुराले अमेरिका कस्तो रहेछ भने काैतुहल्ता जाक्नु पनि स्भाविक थियो । अमेरिका धेरै नेपाली हरु काे सपना काे देश  अमेरिका मा भएको विकास ले बालबालिका देखि बृद्ध सम्म काे मानसपटलमा गहिरो छाप पर्नु पनि स्भाविक मानिन्छ ।

नेपाल काे मात्र नभई अन्य मुलुका बासिन्दा हरु ले पनि अाकर्षणकाे केन्द्र विन्दु बनाएको पनि स्भाविक मानिन्छ । अमेरिका एक गमला हाईन रैछ याे एउटा फुल बारी फुलबारी मा हजारौं फुल हरु फुल्नु पनि स्भाविक मानिन्छ । याे अर्थमा भनियो कि यहाँ पनि विभिन्न मुलुक का मान्छे हरु बाख्लाे उपस्थिति भएको देखिन्छ । अमेरिका अाउने हुटहुटि भए पछि कसैको पनि केही नलाक्दाे रहेछ अमेरिका पनि अाए । अनि भेट भयाे दाजु भाइ अाफ्नत संग मेरो भेट भयाे । उहाँहरू मसंगै घुमिरहन सम्भब पनि थिएन जब म अाफ्नाे काम मा बाँधिनु सिबाए अरु कुनै बिकल्प थिएन । अनि शुरु भयाे वास्तविक अमेरिका चिन्ने अवसर भिन्न देश भिन्न चालचलन भिन्न रहन सहन धन्न मेरो त दाजु भाइ अाफ्नत भएको ले खासै दुःख समस्य परेन ।

बिदेश मा एक्लै हुनु र अाफ्न्त काे साथमा बस्नु धेरै नै फरक हुन्छ मत अाज सम्म पनि अाफ्न्त काे छत्रछायामा बस्न पाउँदा नाैलाे ठाउँमा पनि एक्लो अनुभुती गर्नु परेन याे मामिला मा म अाफु लाई भाग्यमानी ठान्छु अर्का काे भुमि जति नै सुबिधा भए पनि अाफ्नाे जन्म भुमि देश जस्तो कहाँ हुन्छ र साेचेकाे र देखेको अमेरिका अाकाश र पाताल काे भिन्नता रहेछ ।

मैले बुझेको अमेरिका गुलाफ काे फुल रहेछ हेर्दा एकदमै राम्रो तर काँडै काँडा ले घेरिएको जाे यदि समय काे महत्त्व बुझिएन भने त यहाँ त्यो गुलाफ काडा बनिदिन्छ । अमेरिका काे सबै राज्य हरु मा नेपाली हरु काे बाक्लो मात्रामा उपस्थित छ नै तर साेचे जस्तो जीवन शाैलि जिउने नेपाली हरु काे सङ्ख्या भने निकै कम छ।

सुन्दर जिबन कल्पना गर्दै अमेरिका अाए पनि यहाँ अाएपछि काे ब्याथा भने अलि बेक्लै छ । सुन्दै अाएकाे अमेरिका र वास्तविक भाेगाईकाे अमेरिका मा व्यापक अन्तर भएका ले मानिस मा निरासा छाउछ तर संघर्ष बिना काे अमेरिका त त्यसमा पनि फरक भाैगाेलि वातावरण र जीवन शैलीमा घुलमिल हुनु चुनाैति का पहाड ताेट्नु अनिवार्य मानिन्छ  ।

अाफुले कल्पना गरेको समाज भन्दा भिन्न परिस्थिति ती काे सामना गर्नु परेको निकै असहज परिस्थिति काे सामना गर्नु त अनिवार्य छ अमेरिका यस्तो देश हाे जहा काम बिना काेहि पनि टिक्न सक्दैन यहाँ समय काे पनि त्यति नै महत्त्व मानिन्छ । हरेक कुरा समय अनुसार गरिन्छ टाईमअनुसार नै चलिरहेको हुन्छ सिस्टम फलाे गर्नु यहाँ बस्ने सबै नेपाली मात्र नभई हरेक मुलुक का मान्छे काे दायित्व पनि मान्निन्छ ।

यही भएर हाेला अाज अमेरिका हरेक काेणवाट अग्रपंक्तिमा छ । ताम झाम का साथ समय समायोजन गरेर हामी नेपाली हरु चाडपर्व हरु मा भेला भए पनि त्यसमा नेपाल काे जस्तो अाफ्नाे पन पनि देख्न सकिदैन ।

 

 

spot_img

ताजा अपडेट

लोकप्रिय