spot_img

घ्याङडाडामा अत्याधुनिक सामुदायिक भवनको निर्माण हुने

spot_img
spot_img

असार ७,विजयवस्ती नेपालकै सबैभन्दा अग्लो बौद्ध झण्डा ,साङ्क रिणछेलिङ बौद्ध गुम्बा र निर्माणाधिन आकर्षक गुम्बा र भिमसेन मन्दिर रहेको पर्साको ठोरी गाउँपालिका ४ घ्याङडाडामा अत्याधुनिक सामुदायिक भवनको पनि निर्माण हुने भएको छ।

ठोरी गाउँपालिकाको सेवा केन्द्र समेत रहेको सो ठाँउमा धार्मिक संगसंगै सामुदायिक भौतिक संरचना निर्माणले पनि तीव्रता पाएको हो। संघीय सरकारको अनुदानमा निर्माण हुन लागेको भवनको आज एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ र वडा ४ का अध्यक्ष बई बहादुर पाख्रीनले सयुक्त रुपमा शिलान्यास गरेका छन् ।शिलान्यासअघि पन्डित उद्दव न्यौपानेले वैदिक परम्परा अनुसार पुजापाठ गरेका थिए ।

करीब ४५ लाखको लागतमा निर्माण हुने भवनमा ४ ओटा कोठा र एउटा बैठक कक्ष रहने साथै भवनको अघिल्लो भागमा पार्किङको सुबिधा सहितको कक्ष निर्माण हुने गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।उनले भवनको निर्माण यही असार मसान्तसम्म सकिने गरी उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिइएको बताए ।

गाउँपालिका कार्यालय भवन निर्माण नहुन्जेलसम्म सामुदायिक भवनबाट नै गाउँपालिकाको काम सन्चालन गर्ने र घरभाडामा भैरहेको खर्च कटौती गर्दै सामाजिक कार्यमा लगानी गर्ने उद्देश्यले भवन निर्माणकार्य चालू आर्थिक बर्षको अन्त्यसम्म सक्याउने गरी उपभोक्ता समितिसंग सम्झौता गरिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पारे।भवन निर्माण गर्न स्थानीय बल बहादुर श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ। गाउँपालिकाको भवन निर्माण सम्पन्न भएपछि सामुदायिक भवन समुदायलाई नै हस्तान्तरण गरिने समेत अध्यक्ष श्रेष्ठले बताए ।चार पाङ्ग्रे सवारी खरीद नगरेर गाउँपालिकामा अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गरेका श्रेष्ठले कार्यालय भाडामा समेत मितव्ययिता अपनाउन थालेका हुन् ।सामुदायिक भवन निर्माण भएपछि तत्काल गापाको घरभाडा बापत बुझाउनुपर्ने खर्च कटौती हुने र अर्कोतिर कार्यालय भवन बनिसकेपछी समुदायले सामुदायिक भवनको उपभोग गर्न पाउने भएकाले दोहोरो फाइदा पुगेको उनले जिकिर गरे। गाउँपालिकाको सेवा केन्द्र स्थानान्तरणको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले कार्यालय भवन निर्माणकार्य प्रारम्भ हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय