spot_img

नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालयबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

spot_img
spot_img

बीरगन्ज,२५ जेठ ।  बीरगन्जस्थित नेशनल मेडिकल कलेज र परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा कृषि अनुसन्धान निर्देशनालयका निर्देशक एवं वरिष्ठ वैज्ञानिक डा. विश्वेश्वर प्रसाद यादव ले हस्ताक्षर गर्नुभएको थियो।

सम्झौताअनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी तथा कामदारहरूले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा प्राथमिकताका आधारमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। साथै, सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध सम्पूर्ण स्वास्थ्य सुविधाहरू सहज रूपमा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

लाभग्राहीहरूका लागि अस्पतालमा विशेष सामाजिक सुरक्षा सेवा काउन्टरमार्फत सेवा प्रवाह गरिनेछ। सामाजिक सुरक्षा कोषबाट नव्यहोर्ने सहभुक्तानी रकम पनि निर्धारित समयभित्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

त्यसैगरी, सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका निर्देशनालयका कर्मचारी तथा उनीहरूका परिवारजनले प्रयोग्य सामग्रीबाहेकका उपचार सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन्। अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा समेत ५ प्रतिशत छुट उपलब्ध गराइनेछ।

सहकार्य अन्तर्गत वार्षिक स्वास्थ्य परीक्षण, पूर्व–रोजगारी स्वास्थ्य परीक्षण, आवश्यकताअनुसार संस्थामै स्वास्थ्य सेवा उपलब्ध गराउने तथा प्रत्येक तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमति भएको छ। साथै, कृषि अनुसन्धान निर्देशनालयले आयोजना गर्ने कार्यक्रमहरूमा नेशनल मेडिकल कलेजलाई मेडिकल पार्टनरका रूपमा सहभागी गराइने र दुवै संस्थाबीच आवश्यकता अनुसार संयुक्त कार्यक्रम सञ्चालन गरिनेछ।

यस सम्झौताले कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी, कामदार तथा परिवारजनहरूको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार हुने र उपचार सेवा अझ सहज तथा प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी लगायत दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय