spot_img

अञ्जनीकुमार पोखरेल सशस्त्र प्रहरीको एआईजीमा बढुवा

spot_img
spot_img

काठमाडौं,१९ जेठ । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सिफारिसअनुसार पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यसअघि जेठ ५ गते बसेको बढुवा समितिको बैठकले उनलाई एआईजी पदका लागि सिफारिस गरेको थियो। बढुवा समितिको सिफारिसपछि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्दै उनलाई पदोन्नति गरेको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय