बीरगंज, ११ असार — जिल्ला प्रहरी कार्यालय बाराले आफनै छोरीलाई बलात्कार गर्ने बाबुलाई पक्राउ गरेको छ ।
बाराको निजगढ नगरपालिका वडा नं ९ भमरा टोल निवासि ४९ वर्षिय बुवा तीर्थबहादुर सुनारलाई पक्राउ गरी जबरजस्ती मुद्दामा ७ दिनको म्याद थमाई अनुसन्धान भइरहेको बारा का प्रहरी प्रबक्ता रन्जित सिँह राठौरले जानकारी दिनुभयो ।
आफनै १५ वर्षिया छोरीलाई निजले विगत ९ वर्षकै उमेर देखि पटकपटक बालात्कारको प्रयास गरेको र गत जेठ ७ गते छोरी मामाघर गएको बेला त्यही पुगेर बलात्कार गरेको भन्दै प्रहरीलाई सूचना प्राप्त भएपछि प्रहरीले बुबा सुनारलाई पक्राउ गरी बारा जिल्ला अदालतमा जबरजस्ती मुद्दा चलाइएको प्रहरी प्रवक्ता राठौरले बताउनुभयो ।




