spot_img

पर्साको पकहामैनपुरमा आगलागी हुदा ३ जना घाइते ।

spot_img
spot_img

वीरगन्ज,२३ असार  –  आइतबार पर्सा पकाहामैनपुर गा.पा.वडा नं.५ सबैठवा चोक स्थीत ना.३.ख ७४२२ न. ट्रकलाई वेल्डिङ गर्ने क्रममा अचानक करेन्ट सर्ट भई आगलागी हुदा वेल्डिङ गर्ने निम्न स्थानमा वसी रहेका ३ जना घाईते भएका छन् । घाइते हुनेहरुमा पकाहामैनपुर गाउँपालिका वडा नं.५ बस्ने जितेन्द्र कुशवाहा,मन्तोष महतो तथा निक चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि लागि पकाहामैनपुर स्वास्थ्य चौकिमा लगिएकोमा उपचार हुन नसके पछि थप उपचारको लागि वीरगन्जको नारायणी अस्पतालमा रिफेर गरिएको थियो । उनीहरुको उपचार भईरहको तथा अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । आगोलाई स्थानिय प्रहरी तथा दमकलको सहयोगमा नियनत्रणमा लिइएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय