spot_img

आत्मनिर्भर अर्थतन्त्रमा अघि बढे मात्र संमृद्वि हाँसिल हुन्छ ः राष्ट्रपति भण्डारी

spot_img
spot_img

२३ असार — राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अघि बढ्नुपर्ने बताएकी छन्। नेपाल राष्ट्र बैंकको भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बैंक तथा वित्तीय संस्था आत्मनिर्भर अर्थतन्त्रमा अघि बढ्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले त्यसतर्फ भूमिका खेल्नुपर्ने बताइन्।

कृषि, उद्योग, पर्यटन, जलविद्युत क्षेत्रमा प्रयाप्त लगानी बढाएमा मात्र संमृद्वि हाँसिल हुने उनको भनाइ छ। उनले आर्थिक संमृद्विको यात्रा सार्थक बनाउने गरी मौद्रिक नीति जारी हुनुपर्ने बताइन्।

आधारभूत बैंकिङ सेवा पाउने सुनिश्चिता गर्न केन्द्रीय बैंकले थप भूमिका खेल्नुपर्ने उनको भनाइ छ। आधुनिक बैंकिङ प्रणालीबाट सबै जनतालाई आधारभूत बैंकिङ सेवा पाउने सुनिश्चितता गरिनुपर्नेमा उनले जोड दिइन्।

 

spot_img

ताजा अपडेट

लोकप्रिय