spot_img

बर्षा अगावै हुरी पिडितको घर बनाइदिने आश्वासन हावादारी साबित, हुरी पिडितको बिच्चली

spot_img
spot_img

बीरगंज, २७ असार  — गत चैत्र १७ गतेको बिनाशकारी हावाहुरीले घरवार बिहिन बनेका बारा पर्साका हावाहुरी पिडितलाई सरकारले बर्षा अगाडी घर बनाईदिने आश्वासन हावादारी साबित भएको छ ।

हावाहुरीबाट घरबारविहीन बनेका सयौं परिवारको अहिले वर्षात्को समयमा झनै बिचल्ली भएको छ । पर्साको उदयपुरघुर्मी, मनियारी, बाराको चैनपुर, परसौनी, फेटा, भलुही, भरवलिया, पुरैनिया, तेलगाई, हर्दियालगायत टोलका सयौं परिवार विगत ४ दिनदेखि परेको वर्षात्को कारण सास्ती खेप्न बाध्य भएका छन् ।

नेपाल सरकारले वर्षात् अगावै हुरी पीडितहरूको लागि घर बनाइसक्ने बताएपनि पहिलो चरण अन्र्तगतको ४ सय १७ घर निर्माणको काम पनि सम्पन्न नहुँदा अहिले हावाहुरी प्रभावितहरु पालमै भिजेर बस्न बाध्य भएका छन् ।
संघिय, प्रादेशिक तथा स्थानि तहका जनप्रतिनिधि तथा राजनितिक दलका नेताहरुले अनुगमनको क्रममा बर्षा अगावै घर निर्माण गर्ने बताएको भएपनि झन्डै चार महीना बित्न लाग्दा समेत घर नबन्दा अहिले हुरी पीडित परिवार झरीको मारमा परेको बारा परवानीपुर गाउँपालिका–४ चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेलले बताए ।

शुरूमा गृह मन्त्रालयले पर्सा–बारामा १४५३ घरमा पूर्ण क्षति भएको विवरण सार्वजनिक गरेकोमा त्यसबाट पनि घटाएर घर निर्माण् काम शुरू गरिएको हो ।

पहिलो चरणका ४ सय १७ घरको निर्माण अन्तिम चरणमा पुगी हस्तान्तरण प्रक्रिया अघि बढेको नेपाली सेनाका मेजर हरि पाण्डेले बताए । पहिलो चरणमा पूर्ण क्षति भएका बाराको १० स्थानमा ३९५ र पर्सामा २२ गरी ४ सय १७ वटा घरको निर्माण गरिने भएको हो । सेनाले दोस्रो चरणको निर्माण कार्य पनि सँगसँै अगाडि बढाएको नेपाली सेनाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय