३० असार — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक पूर्वाग्रह भन्दामाथि पीडितको सेवामा समर्पित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गरी सभापति देउवा सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर बाढी –पहिरो प्रभावितको सेवामा समर्पित हुनु निर्देशन दिएका हुन् ।
‘विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पिडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो,’ विज्ञप्तिमा भनिएको छ ।
प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय गरिएको उनले जनाए ।
यस्तै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ भनेर काँग्रेसले अनुगमन समेत उनले जानकारी गराए ।




