बीरगन्ज, २४ बैशाख – पर्साको क्षेत्र नं. १ का सांसद प्रदिप यादवले पर्साका सन्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् । केही दिन अघि काठमाडौं पुगेका यादवले फर्किए लगत्तै आज बीरगन्जको घण्टाघरमा सन्चारकर्मीहरुलाई बोलाएर स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
सासंद यादवले भने “ साधारण सर्जिकल मास्केले काम चलाउदै आएको मैले यस पटकको काठमाडौं यात्रामा एन ९५ मास्क पाँए । त्यसपछि, बीरगन्जका संचारकर्मी पत्रकार साथीहरूको ध्यान आयो, उहाँहरुमध्ये पनि धेरै जना साधारण किसिमको मास्क लगाएर कोरोना सम्बन्धि रिपोर्टिङमा अनवरत खटिरहनु भएकोले माक्ससहितको स्वास्थ्य सामाग्री किनेर ल्याँए ।”
लकडाउनको बेला जोखिम पुर्ण अवस्थामा पनि जनतालाई सूचना प्रदान गरिराखेको भन्दै सांसद यादवले सञ्चारकर्मीहरुलाई सांसद सचिवालयबाट प्राप्त तलबबाट एन.९५ माक्स, ग्लब्स, सेनिटाईजर र नेपाल पत्रकार महासंघको कार्यालयका लागि एक थान थर्मल गन प्रदान गरेका छन् ।
त्यस्तै, यादवले बीरगन्ज महानगरपालिका अन्तर्गत पर्ने सम्पुर्ण वडा र पर्सा क्षेत्र नम्बर १ को स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरुलाई पनि पिपिई सेट, सेनिटाईजर, एन ९५ माक्स, ग्लब्स लगायतको सामाग्री प्रदान गरेका छन् ।

