Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

प्रेस सेन्टर नेपालको २२औँ...

बीरगन्ज,१५ माघ । प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसको अवसरमा आज बीरगन्जमा विभिन्न...

कृषि विकास बैंकको खुद...

काठमाडौं,१५ माघ । कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो छ महिनामा...

बीरगन्जमा आजदेखि दोस्रो मधेश...

बीरगन्ज,१५ माघ  । मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बीरगन्जमा आजदेखि...

कांग्रेस पूर्वसांसदहरूको सर्वोच्च जाने...

काठमाडौँ,१५ माघ  । नेपाली कांग्रेसका पूर्वसांसदहरूले सर्वोच्च अदालत जाने तय गरिएको कार्यक्रम अन्तिम...
spot_img

बीरगन्जले नेपालगन्जबाट केही सिक्ने कि ?

spot_img

बीरगन्ज १३ भदौ । गत साउन १० देखि बीरगन्ज र साउन १९ गतेदेखि पर्सा जिल्लाभरि लागु गरिएको निषेधाज्ञा यहि भदौ १८ गते मध्यराति १२ बजेबाट सकिँदैछ । जिल्ला प्रशासन कार्यालय पर्साको पछिल्लो निर्णय अनुसार भदौ १८ गते मध्यरातबाट निषेधाज्ञा फुकुवा गर्न लागिएको हो । निषेधाज्ञा फुकुवा गरिएपनि अधिकांश सेवाहरुमा लगाइएको बन्देज भने कायम रहने छ । जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक सवारीका साधन देखि चिया पसल सम्म बन्द ने राख्ने निर्णय प्रशासनले गरेको छ ।

सर्वसाधारणको जनजिवन सहज बनाउन अत्यावश्यकीय सेवाहरु सञ्चालन गर्न लागिएको प्रशासनले जनाएको छ । उता पश्चिम नेपालको समृद्ध सहरहरु मध्ये एक नेपालगञ्जमा भने अवस्था सामान्य जस्तै हुन थालेको छ । आवश्यक आधारभुत सावधानीहरुको अवलम्बन गर्दै नेपालगञ्जको बजार पुरानै अवस्था तर्फ फर्किन थालेको हो ।

नेपालगञ्जमा सहर भित्रै गुड्ने सार्वजनिक सवारीका साधनहरु जस्तै रिक्सा, ई रिक्सा, सिटी बसहरु सञ्चालन भईरहेको छ । ई रिक्साहरुमा दुई जना भन्दा बढीलाई बस्न दिइएको छैन । भाडा दर केही महँगो भएको छ । मास्क र ग्लोभ्स् अनिवार्य गरिएको छ । निजी सवारी सञ्चालनका लागि प्रशासनले जोड विजोड प्रणाली लागु गरेको छ ।

नगर क्षेत्रमै सञ्चालन हुने नगर बसहरु पनि प्रशासनको अनुमतीमा सुरक्षा मापदण्डहरु अपनाउँदै सञ्चालन भईरहेको छ । बसमा सवार भई यात्रा गर्न मास्क अनिवार्य छ । बसमा प्रवेश गर्नु अगाडि ढोकामा सह चालकले यात्रुलाई सैनेटाईजर दिन्छन् । बसमा सामाजिक दुरी भने कडाईका साथ पालना गर्न लगाइएको छ । जोडिएका दुई सिटमा मात्र एकजना यात्रु बस्न मिल्छ भने बसमा उभिएर यात्रा गर्दा सामाजिक दुरी कायम गर्नुपर्छ । यति गरिरहँदा भने बसको भाडामा केही बढोत्तरी भएको छ ।

पसलहरु पनि सञ्चालन भईरहेका छन् । भिडभाड गर्न निषेध गरिएको छ । सामान खरीद विक्रि गर्न पाएपनि भिडभाड गर्न भने नपाइने व्यवस्था छ । प्रशासनले बाँके जिल्लाभरि तपाईको मास्क खाई ? अभियान नै चलाएको छ । मास्क नलगाउनेहरुलाई क्वारेन्टीनमा समेत राख्न सकिने गरि कारवाहीको व्यवस्था गरिएको छ ।

नगर क्षेत्रमा रहेको हाटेल तथा रेष्टुँरेन्टहरु पनि सञ्चालन मै छन् । एउटा टेबुलमा अधिकमा दुई जना सम्मलाई बस्न दिइएको छ भने टेक अवे (प्याक गरेर घर लैजाने) को पनि व्यवस्था गरिएको छ ।

सातामा दुई दिन जिल्ला सिलको व्यवस्था गरिएको छ । शुुक्रबार र शनिबार जिल्ला भरि अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरि जिल्ला सिल गर्ने गरिएको स्थानिय प्रशासनको भनाई छ ।

महामारीका बिच पनि जनजिवन सामान्य बनाउन नेपालगञ्जको स्थानिय प्रशासनले गरेको पहल सराहनिय छ । अत्यावश्यक सुरक्षा सावधानीहरु अपनाउँदै नेपालगञ्ज सामान्य अवस्था तर्फ फर्किन थालेको छ ।

बीरगन्जमा पनि नेपालगञ्जमा अपनाएका मापदण्डलाई कार्यान्वयनमा ल्याउने हो भने अवस्था सामन्य बन्न सक्छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय