पाल्पा । पाल्पाको रानीमहल क्षेत्रमा कालीगण्डकीमा र्याफ्टीङ्ग गर्ने गर्ने क्रममा डुंगा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । रानीमहल क्षेत्रको रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो ।
उक्त डुंगामा सात जना रहेकामा डुंगा चालकले एक जनालाई उद्धार गरेपनि बाँकी ६ जना कालीगण्डकी नदीमै बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा रानीमहल घुम्न गएका पर्यटक रहेका छन् ।
तल्लो तटीय क्षेत्रमा सेना र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ, भने माथिल्लो क्षेत्रमा रानीमहलतर्फबाट प्रहरी परिचालन गरिएको बताइएको छ ।