Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

बजेटको आकार घटेको छैन...

काठमाडाैँ,२७ माघ । अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकार नघटेको स्पष्ट पारेका छन् ।...

पर्सागढीमा जसपा उम्मेदवार अशोक...

वीरगन्ज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका–६ र ७...

प्रधानमन्त्री कार्की र भारतीय...

काठमाडौं,२७ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच...

नेप्से १०.२५ अंकले घट्यो

काठमाडाैं,२७ माघ । केही दिनयता शेयरबजार परिसूचक नेप्से निरन्तर ओरालो लागिरहेको छ ।...
spot_img

देशभरको मतदान केन्द्रहरुमा एकसाथ मतदान सुरु

spot_img

बीरगन्ज,४ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्न आइतबार बिहान ७ बजेबाट देशैभर एकसाथ मतदान सुरु भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहान ७ बजेदेखि सुरु भएको मतदात साँझ ५ बजेसम्म हुने जानकारी दिए। नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन भएको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी गरेर मतदान सुरु गरिएको उनको भनाइ छ।

उनले ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वानसमेत गरेका छन्। देशभर १० हजार ८ सय ९२ मतदानस्थल छन् भने २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । ती मतदान केन्द्रबाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्न पाउनेछन्।

त्यसबाहेक समानुपातिकतर्फका लागि अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र कायम गरिएको छ। ४ लाख ५० हजार अस्थायी मतदाता छन्। प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४ सय १२ र प्रदेशसभाका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

चुनावबाट प्रतिनिधिसभाका २७५ सदस्य र प्रदेश सभाका ५५० सदस्य चयन हुनेछन्। प्रतिनिधिसभाका लागि १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट चयन हुनेछन् भने सात वटा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३३० जना र समानुपातिकतर्फ २२० जना निर्वाचित हुनेछन्।

चुनावका लागि गृहमन्त्रालयले शनिबार मध्यरातिबाट यातायात बन्द गरिसकेको छ। तर, मतदानका दिन अत्यावश्यक सेवाको लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमनकर्तालगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक सवारी पास लिएका सवारीसाधन र अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालन हुनेछन्। सरकारले निर्वाचनको अवसरमा आइतबार र सोमबारका लागि देशभर सार्वजनिक बिदा दिएको छ।

यसै बिच बिहान ७ बजे देखि पर्साको सबै मतदान केन्द्रहरुमा मतदान शुरु भएको पर्साका मुख्य निर्वाचन अधिकृत बिनोद कुमार पोखरेल बताए । बिहान अलि सुस्त देखि केन्द्रहरुमा ८ बजेपछि चहल पहल बढन थालेको तथा मदतान शान्तिपूर्ण बतावरणमा भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय