बुधबार, फाल्गुन १६, २०८०
Wed, February 28, 2024

टि-२० क्रिकेट प्रतियोगिताकाे उपाधि...

बीरगन्ज,१६ फागुन । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकामा आयाेजित पालिकास्तरीय टि-२० क्रिकेट प्रतियोगिताकाे उपाधि...

बीरगन्जबाट ठुलो परिमाणमा भन्सार...

बीरगन्ज,१६ फागुन । सशस्त्र प्रहरी बलले ठुलो परिमाणमा भन्सार छलिको समान बरामद गरेको...

निषेधित क्षेत्र तोड्ने क्रममा...

काठमाडौँ,१६ फागुन । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतो माइतीघरको निषेधित क्षेत्र...

ज्ञानदा एकाडेमीको बार्षिक उत्सव...

वीरगंज,१६ फागुन - पूर्वमन्त्री एवं सघीय सांसद प्रदिप यादवले शिक्षा ऐन समुदायिक र...
11.1 C
Kathmandu
15.6 C
Birgunj

प्रदेश १ को प्रदेशसभा वरपर निषेधित क्षेत्र घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेश १ को प्रदेशसभा सचिवालय भवन रहेको आसपासका क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

- Advertisement -

प्रदेशसभा नामकरणको विषय टेबल हुँदा विरोध, धर्ना, जुलुस, झडप हुने सम्भावना रहेको भन्दै उक्त क्षेत्र निषेधित घोषणा गरिएको हो।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार सूचना जारी दिउँसो ३ बजेदेखि तोकिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। नामाकरणको प्रस्ताव प्रदेशसभामा दर्ता भएसँगै विराटनगरको देवकोटा चोकदेखि अस्पताल चोक र जिल्ला प्रशासन कार्यालय वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

- Advertisement -

यस्तै मुख्यमन्त्री कार्यालय र मुख्यमन्त्री निवास वरपर पनि कुनै प्रकारका विरोध, धर्ना, जुलुस, झडप हुन नदिन दिउँसो ३ बजेदेखि अर्को आदेश नआएसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार