शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

बारा–२ मा ४ जनाको मनोनयन दर्ता, मुख्य दलका उम्मेदवारको अझै बाँकी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,२० चैत । १० वैशाखको उपनिर्वाचनका लागि बारा–२ मा चार जनाले मनोनयनपत्र दर्ता गराएका छन् । २ स्वतन्त्र, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीको तर्फबाट ४ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका हुन् ।

- Advertisement -

स्वतन्त्र उम्मेदवारहरु विनोदकुमार कर्ण, ध्रवलाल हजरा, हाम्रो नेपाली पार्टीका चन्द्रप्रकाश सुवेदी र नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष मुक्ति यादवले मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए ।

यो क्षेत्रबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि उठ्दैछन् । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको साथ छ । जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेलले पनि मनोनयन पत्र दर्ता गर्ने तयारी छ ।

- Advertisement -

माओवादी केन्द्रले उपेन्द्रलाई समर्थन गर्ने भएपछि उनै शिवचन्द्र पार्टी परित्याग गरेर जनमत पार्टीमा गएका हुन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -