पर्सा,९ जेठ – पर्साको राष्ट्रिय वन जगंलबाट सालको रुख कटानी गरी साईकलमा लोडगरि सखुवा प्रसौनी गापा–३ कौवाबनको चिरान मिलमा ल्याइरहेको अवस्थामा डिभिजन वन कर्यालय रङ्गपुर टाडीका जमदार अर्जुन चौधरीको नेतृत्वमा खटिएको वन गस्ती टोलीले मंगलवार बिहान विहान ५ बजेको समयमा सखुवाप्रसौनी गाउँपालिका वडा नं. ४ कल्याणपुरबाट ३ थान सालको गोलिया र ३ थान साइकल सहित सखुवाप्रसौनी गाउँपालिकाको वाडा नम्बर ४ देवरबाना निवासी रुस्तम अली अन्सारीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका अंसारीलाई थप करवाहीको लागि डिभिजन बन कार्यालय पर्सामा बुझाएको जिल्ला डिभिजन बन अधिकृत सुभाष चन्द्र दासले बताएको छन् । पक्राउ गरिएको अन्सारीलाइ डिभिजन बन कर्यालय बिरगंजमा राखी थप अनुशन्धान भै रहेको डिभिजन बन कर्यालय बीरगन्जका डिएफओ सुभास चन्द्र दासले जानकारी दिए । काठ चोरीको घटनामा संलग्न रहेको अन्य दुई जनाको खोजी भइरहेको डिभिजन वन कार्यालय पर्साले जनाएको छ ।