बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ जेठ । लामो समयसम्म पानी नपरेका कारणले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् ।

- Advertisement -

मधेश प्रदेश क्षेत्रमा भएका एक तिहाई चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या मात्र होइन सरसफाईमा पनि समस्या उत्पन्न भएर अन्य रोगको खतरा पनि उत्पन्न भएको छ । यसका साथै मधेश प्रदेशका पूर्व पश्चिम लोक राजमार्ग क्षेत्रमा भएका इनारहरूमा पानी आउन बन्द भएपछि निक्कै समस्या उत्पन्न भएको छ ।

खानेपानीको समस्याबाट धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा समस्या उत्पन्न भएको छ । चुरे तथा वनजंगलको दोहनका कारणले पनि पानीका श्रोतहरू सुक्न थालेको छ ।

- Advertisement -

मधेश प्रदेश क्षेत्रमा रहेका घना वस्ति भएका अधिकांश ठाउँको चापाकलहरुमा पानी आउन बन्द भएको छ । पानी आउन बन्द भएका कारणले सर्वसाधारणलाई निक्कै समस्या उत्पन्न भएको छ ।

दिउँसो तीर चर्को घामसँगै गर्मी बढेका कारणले खानेपानीको मुहान सुकेको छ । यस्तै अवस्था रहेको खण्डमा अगामी दिनमा खानेपानीको थप जटिलता उत्पन्न हुने भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -