सोमवार, असार ४, २०८१
Mon, June 17, 2024

सुन तस्करी र हुण्डीको...

काठमाडाैँ,०३ असार । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना...

पूर्वराष्ट्रपति विद्या भण्डरीको चीन...

काठमाडौँ,०३ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। असार...

गौर भन्सार कर्मचारीको बदमासी,...

रौतहट,०३ असार । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान...

खेताला शिक्षक राख्ने ...

काठमाडौँ,३ असार । श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका...
25.1 C
Kathmandu
37.5 C
Birgunj

अन्तर्राष्ट्रिय क्रिकेटमा भारतसँग पहिलो पटक भिड्दै नेपाल, सुपर फोरमा पुग्‍ने सम्भावना कति ?

सिफारिस

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच भोलि (सोमबार) खेल हुँदैछ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने छ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो। त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो। नेपालले सन् २०१७ मा भने भारतको यू–१९ टोलीसँग खेलेको थियो। मलेसियामा भएको उक्त यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हात पारेको थियो। अब नेपालले सिनियर टोलीमा पहिलोपटक भारतसँग खेल्दै नयाँ इतिहास कायम गर्नेछ।

- Advertisement -

समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन्। जसमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारतले पाकिस्तानसँग अङ्क बाँडेको थियो। वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका हुन्।

समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ। त्यस्तै भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ। पाकिस्तान दुई खेलमा एकमा जित र एकमा अङ्क बाँड्दै तीन् अङ्कका साथ सुपर फोरमा पुगिसकेको हो। भारतको एक खेलमा एक अङ्क छ। एक खेल खेलेको नेपाल अङ्कविहीन छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले फराकिलो अन्तरले पराजित भएको थियो।

- Advertisement -

समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ। अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ।

समूह ‘बी’मा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन्। सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आशिफ शेख, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्शन झा, आरिफ शेख, सोमपाल कामी, अर्जुन साउद, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा र श्याम ढकाल रहेका छन्।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार