शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

चोरीको पोल खोल्ने डरले महिलाको हत्या, ३ जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ असोज – पर्साको जगनाथपुर गाउँपालिका वडा नं.५ मसिहानी टोल स्थित कान्ती देवी वीनको हत्या आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ । घरमा एक्लै रहेको मृतक देवीको घाटी रेटी हत्या भएको थियो ।

- Advertisement -

मृतकको छोरा बैदेशिक रोजगारको शिलसिलामा मलेसियामा रहेको हुँदा पोष्ट मार्टम पश्चत मृतक लास सदगतको लागि तत्काल मृतकको जेठाजु नाता पर्ने चन्द्रिका राउत वीनले जिम्मा बुझी लगेका थिए । मृतकका छोरा अर्जुन मुखिया वीन बिदेशबाट घर आए पश्चात प्रतिवादी लालबाबु राउत वीनको नाममा मिति २०८०/०६/०७ गतेका दिन किटानी जाहेरी दरखास्त दिए पश्चात निज प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका लालबाबु राउत वीनको बयानको अधारमा घटनामा निज लालबाबु राउत वीन, मृतकको जेठाजुहरु चन्द्रिका राउत

वीन र अमीरीका राउत वीन समेतको संलग्नता रहेको भनि खुलेको हुँदा निजहरूलाई समेत असोज १४ गते प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप गराई अनुसन्धान शुरु गरेको छ । पक्राउ परेका तीनै जना सोही स्थान निवासी हुन् ।
आरोपीहरु मृतकको घरमा चोरी गर्ने योजना बनाई मृतकको सुरुङ बनाइ (सेनकाटी)घर भित्र प्रवेश गरी चोरी गर्नको लागि बक्साहरू खोतिल्दै गरेको अवस्थामा मृतक बिउझी प्रतिवादीहरूलाई चिने पश्चात पोल खुल्ने डरले प्रतिवादीहरू मिली मृतकको टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएको र त्यस पश्चात सिरानीले मुख थुनि खुर्पीले घाँटी रेटी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -