spot_img

नेप्से ५ अंकले घट्यो

spot_img
spot_img

काठमाडौं,०३ पुस । नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा पुगेको हो। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक २.९५ अंकले बढेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ। आज ३१४ स्क्रिप्सको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर ४ अर्ब २७ करोड ८२ हजार ५७५ रुपैयाँमा कारोबार भयो। मंगलबार ४ अर्ब ३४ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा कुथेली बुखारी स्माल हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। कुथेली बुखारीको सेयर ९.९० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १५ करोड मूल्य बढिको सेयर कारोबार भयो। यसैगरी रिभर फल्स पावरको १२ करोड,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ११ करोड,नेपाल फाइनान्सको १० करोड र सिकलेस हााइड्रोपावरको ८० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

तीन समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्स,माइक्रोफाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहको उपसूचक नकारात्मक देखिएका हुन्।

कारोबारमा आएका स्टक्समध्ये ८१ वटाको मूल्य बढ्यो भने १४९ वटाको घट्यो। १२ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

spot_img

ताजा अपडेट

लोकप्रिय