काठमाडौं, १२ पुस । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार सुन हिजो प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।
आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोला १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

