चितवन भण्डारामा दोस्रो खानेपानी आयोजना सञ्चालनमा

spot_img

चितवन,१३ चैत । चितवनको भण्डारामा दोस्रो खानेपानी आयोजना भव्य समारोहका बीच उद्घाटन भएको छ। नेपाल सरकारको खानेपानी मन्त्रालयको पहलमा आर्थिक वर्ष २०७७/७८ देखि सुरु भएको यो आयोजना राप्ती नगरपालिका वडा नं. ४, ५, र ६ का स्थानीय बासिन्दाहरूका लागि ठूलो उपलब्धि सावित हुने अपेक्षा गरिएको छ।

आयोजनाबाट ३ हजार २०० घरधुरीका करिब १६ हजार २४४ स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। भण्डारा माध्यमिक विद्यालय तथा राप्ती नगरपालिकाले उपलब्ध गराएको जग्गामा आवश्यक पूर्वाधार निर्माण गरिएपछि स्थानीय बासिन्दाले शुद्ध, स्वच्छ, र सुरक्षित खानेपानी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

यसअघि इनार तथा ट्युबवेलको पानी उपभोग गर्न बाध्य स्थानीयहरू गुणस्तर परीक्षणका क्रममा हानिकारक जीवाणुयुक्त पानी पिउन बाध्य थिए। यो समस्या समाधानका लागि सञ्चालनमा आएको आयोजना स्वास्थ्य, समृद्धि, र उज्ज्वल भविष्यको दिशामा महत्वपूर्ण कदम भएको सरोकारवालाहरूको भनाइ छ।

नेपाल सरकारको खानेपानी मन्त्रालयले सह-लगानी मोडेललाई सुधार गर्दै ८५/१५ को स्वरूपमा रूपान्तरण गरिसकेको छ। साथै, जनतालाई अझ सहजता प्रदान गर्न भविष्यमा सह-लगानी मोडेललाई शून्य प्रतिशत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस आयोजनाले स्वच्छ खानेपानीमात्र नभई स्वास्थ्य, समृद्धि, र दिगो विकासको आधारशिला निर्माण गर्ने विश्वास गरिएको छ। स्थानीय नागरिकहरूको जीवनस्तर उकास्दै उज्ज्वल भविष्यतर्फ उन्मुख गराउने अपेक्षासमेत गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय