spot_img

इनिशा विक हत्या प्रकरणमा प्रचण्डको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

spot_img
spot_img

काठमाडौं,२८ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको बलात्कार र जघन्य हत्याको घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारसँग निष्पक्ष छानबिनको माग गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले यस आपराधिक घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको छ । उनले मृतक इनिशाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घटनाको छिटो र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन र कडाभन्दा कडा सजाय सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गर्नुभएको छ ।

फागुन १६ गते वीरेन्द्रनगरस्थित सहिद उद्यान क्षेत्रको सामुदायिक वनमा मृत भेटिएकी इनिशाको पोस्टमार्टम रिपोर्टले मर्माहत तुल्याउने तथ्यहरू बाहिर ल्याएको छ । भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञको टोलीले दिएको प्रतिवेदनअनुसार सामूहिक बलात्कारका क्रममा संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको पुष्टि भएको छ ।

कक्षा ११ मा अध्ययनरत इनिशा फागुन २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन्, तर केही घण्टामै वनमा अचेत अवस्थामा फेला परेकी उनलाई अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । यो क्रुर घटनाले सुर्खेतसहित देशभर आक्रोश र न्यायको माग चर्किएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले यस प्रकरणमा संलग्न रहेको अभियोगमा हालसम्म चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको छ । यद्यपि, पीडित परिवारले अझै पनि शव बुझ्न इन्कार गर्दै आएका छन् र उनीहरूले सबै दोषीहरूको पहिचान र कडा कारबाहीको ग्यारेन्टी खोजिरहेका छन् ।

प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा प्राविधिक र वैज्ञानिक पक्षबाट सुक्ष्म अनुसन्धान भइरहेको जनाए पनि प्रचण्ड जस्ता शीर्ष नेताहरूको दबाबले यो प्रकरणमा राज्यको संयन्त्रलाई अझ बढी जिम्मेवार बनाउने देखिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय