क्षति सङ्कलन गर्दै काठमाडौं महानगर, जरिवाना तिराउने तयारी

spot_img

काठमाडौं, १६ चैत्र । काठमाडौं महानगरपालिकाले तीनकुने–कोटेश्वर–जडीबुटी क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा भएको क्षतिको विवरण सङ्कलन सुरु गरेको छ । प्रदर्शनमा दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शनकारीहरूले तोडफोड, आगजनी, र अराजक गतिविधिहरू गरेका थिए ।

मेयर बालेन शाहको सचिवालयका अनुसार, महानगर टोलीले सरकारी र निजी सम्पत्तिमा भएको क्षतिको विवरण सङ्कलन गरिरहेको छ। प्रदर्शनकारीहरूले नगरपालिकाको सम्पत्ति बिगारेको, सडकमा फोहोर फालेको, ट्राफिक लाइट र आयरल्याण्ड भत्काएको, दमकल तोडफोड गरेको र चालकलाई घाइते बनाएको जानकारी प्राप्त भएको छ ।

महानगरले १० लाख रुपैयाँ भन्दा बढीको क्षतिको जरिवाना लागाउने तयारी गरेको छ। शनिबार बिहान मात्र फोहोर सफा गरिएका कारण, क्षतिको विवरण सङ्कलन र सफाइ कार्यलाई प्राथमिकता दिइएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय