spot_img

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

spot_img
spot_img

काठमाडौं,३० फागुन । काठमाडौं महानगरपालिका–६, नयाँबस्ती नागेश्‍वर गल्लीको खाली जग्गामा शनिबार एक पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार मृतक पुरुषको उमेर करिब ५० वर्षको अनुमान गरिएको छ।

केन्द्रीय समाचार कक्षले दिएको जानकारीअनुसार, अहिलेसम्म मृतकको पहिचान खुलिसकेको छैन। शव सडक नजिकै फेला परेको कारण प्रहरीले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ।

प्रहरीले स्थानीयवासीसँग पनि सोधपुछ गर्दै घटनाबारे थप विवरण संकलन गरिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय