spot_img

अब चुनाव नलड्ने पूर्वमन्त्री रिजालकाे घोषणा

spot_img
spot_img

वीरगन्ज,३० फागुन । पर्सा–४ का पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले अब आफू कुनैपनि निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन्। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले शनिबार जगरनाथपुर गाउँपालिका–५, मसिहानीमा आयोजित कांग्रेस क्षेत्रीय कार्यकर्ता भेलामा यस्तो घोषणा गरेका हुन्।

२०४८ सालदेखि प्रत्येक संसदीय निर्वाचनमा कांग्रेसको उम्मेदवार बनेका रिजाल चार पटक जित र चार पटक हार भोगिसकेका छन्। उनी २०४८, २०५१, २०६४ र २०७९ को निर्वाचनमा सांसद निर्वाचित भए भने २०५६, २०७०, २०७४ र हालै २१ फागुन २०८२ मा पराजित भएका थिए।

भेलामा बोल्दै रिजालले भने, “आजै म घोषणा गर्छु, अब म चुनाव लड्दिनँ। युवा पुस्तालाई साथ र समर्थन रहन्छ, तर चुनाव नलडे पनि क्षेत्रका जनताको सेवामा सधैं लागि रहिरहन्छु। पर्सा–४ को विकास र जनताको समस्या समाधानमा म सक्दो प्रयास जारी राख्नेछु।”

उनीसँगै उपस्थित कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, मधेस प्रदेश सरकारका वन मन्त्री शंकर चौधरी, कांग्रेस मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पर्साका प्रवक्ता रमेश पाण्डे, नेता बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सचिव बलिष्टर अहमद लगायतले रिजालको निर्णयमा समर्थन जनाएका थिए।

रिजालले निर्वाचनमा कांग्रेसलाई मत दिने मतदाताहरूप्रति आभार व्यक्त गर्दै, परिवर्तनको लहरमा अन्य दल वा उम्मेदवारलाई मत दिएका समर्थकहरूप्रति कुनै गुनासो नरहेको बताए। साथै उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई “मालिक बन्ने होइन, जनताको सेवक बन्ने” आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय