गभर्नर सिफारिस समितिका सदस्य भट्टराईले दिए राजीनामा

spot_img

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले पदबाट राजीनामा दिएका छन्। भट्टराई राष्ट्र बैंकका पूर्वगभर्नर समेत हुन्।

गत फागुन २१ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठित उक्त तीन सदस्यीय समितिको संयोजक अर्थमन्त्री विष्णु पौडेल छन् भने अन्य सदस्यहरूमा डा. विश्व पौडेल र विजयनाथ भट्टराई थिए।

हाल महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि चैत २४ यता गभर्नर पद खाली छ। तर, समिति गठन भए पनि एक दिन पनि बैठक नबसेको स्रोतहरू बताउँछन्।

सत्तारूढ दल नेकपा एमाले र प्रमुख विपक्षी दल नेपाली कांग्रेसबीच गभर्नर नियुक्तिलाई लिएर सहमति नजुट्दा प्रक्रिया थप जटिल बनेको छ। यस्तै परिस्थितिमा भट्टराईको राजीनाले गभर्नर नियुक्तिको मार्ग अझ अप्ठ्यारो बनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय