Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

सर्लाही–४ का उम्मेदवार अमरेशकुमार...

सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः...

काे हुन सर्लाही–४ का...

सर्लाही,१४ फागुन । अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४...

सर्लाही–४ का उम्मेदवार अमनिशकुमार...

सर्लाही,१४ फागुन । नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह...

सर्लाही–४ का उम्मेदवार गगनकुमार...

सर्लाही,१४ फागुन । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएसँगै गगनकुमार थापाले आफ्नो...

पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा सुविधा परित्याग

spot_img

काठमाडौं,१८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजैदेखि राज्यबाट प्राप्त गर्दै आएका सबै सेवा सुविधा त्यागेको घोषणा गरेकी छन्। नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेलगत्तै उनले यो महत्त्वपूर्ण निर्णय लिएकी हुन्।

भण्डारीको सचिवालयबाट सरकारी सेवा सुविधा त्यागेको जानकारीसहितको पत्र आज गृह मन्त्रालयमा दर्ता भएको छ। गृह मन्त्रालयका अनुसार पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइसकिएको छ। सरकारी सुविधा परित्याग गर्ने भण्डारी सम्भवतः नेपालको इतिहासमै पहिलो पूर्वराष्ट्र प्रमुख बनेकी छन्। यसअघिका प्रधानमन्त्री र सभामुख भइसकेका नेताहरूले सरकारी सेवा सुविधा लिँदै पार्टीको कार्यकारी भूमिकामा रहँदै आएका छन्।

यद्यपि, पूर्वराष्ट्र प्रमुखको हैसियतमा प्राप्त हुने सुरक्षा प्रोटोकल भने भण्डारीले चाहेर पनि त्याग्न नमिल्ने गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सेना र प्रहरीले प्रदान गर्ने यो सुरक्षा सुविधा कानुनतः अनिवार्य हुनेछ। गृह मन्त्रालयका अनुसार, भण्डारीले एक उपसचिव सरहका स्वकीय सचिव र कार्यालय सहयोगीका लागि मासिक डेढ लाख रुपैयाँको सुविधा पाउँदै आएकी थिइन्। यसमा रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई स्वकीय सचिवका रूपमा कार्यरत थिए। यो सुविधा आजकै मितिबाट बन्द भएको छ।

त्यस्तै, पूर्वराष्ट्र प्रमुखका लागि खटिने सुरक्षाकर्मीको आवासका लागि लिइएको घर भाडाको सुविधा पनि अब बन्द हुनेछ। भण्डारीले अन्य पदाधिकारीले जस्तो सवारी साधनको सुविधा नलिए पनि मासिक २०७ लिटर पेट्रोल भने प्राप्त गर्दै आएकी थिइन्, जुन अब रोकिनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय