सर्लाही–३ का उम्मेदवार ढोलाराम बरकोटी काे हुन ?

spot_img

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ढोलाराम बरकोटी चुनावी मैदानमा उत्रिएका छन्। उनको चुनावी चिन्ह हल रहेको छ। ४५ वर्षीय बरकोटी सर्लाहीकै मूल निवासी हुन्। उनको स्थायी ठेगाना सर्लाहीको बरहथवा नगरपालिका, बरहथवा रहेको छ। उनका पिताको नाम ढाका बहादुर बरकोटी र पत्नी गीता श्रेष्ठ बरकोटी हुन्।

शैक्षिक रूपमा उनले श्री च.ज. शहीद गंगालाल उच्च माध्यमिक विद्यालय बाट एसएलसी उत्तीर्ण गरेका छन्। उम्मेदवार बरकोटीले क्षेत्रीय विकास, स्थानीय पूर्वाधार सुदृढीकरण र जनताको आधारभूत आवश्यकतामा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चुनाव नजिकिँदै गर्दा उनी मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो कार्यक्रम र एजेन्डा प्रस्तुत गरिरहेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय