एनपीएलको मिनी अक्सन आज, ५ टिमबीच तीव्र प्रतिस्पर्धा

spot_img

काठमाडौँ,२४ साउन । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शनिबार हुने मिनी अक्सनमा खेलाडी लिन ५ टिमबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीव्र प्रतिस्पर्धामा चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स छन् ।

गत वर्ष भएको पहिलो सिजनको अक्सनमा एउटा टोलीले मार्कीबाहेक कम्तीमा ६५ लाख र बढीमा ९० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान थियो । चितवनले ६३ लाखमात्र खर्च गर्न सकेको थियो । टोलीले गत सिजनको टोलीबाट शरद भेषावकर (१० लाख), विपिन रावल (८ लाख), सन्तोष कार्की (५ लाख), दीपेश श्रेष्ठ (५ लाख), रन्जित कुमार (३ लाख) लाई रिलिज गरेका कारण मिनी अक्सनका लागि टोलीले ‘पर्स’ बलियो बनाएको छ ।
शनिबार चितवनले ५८ लाख, विराटनगरले ४५ लाख ५० हजार, लुम्बिनीले ४५ लाख २० हजार, काठमान्डुले ४३ लाख र सुदूरपश्चिमले ४१ लाख ५० हजार खर्च गर्न पाउने छ । मिनी अक्सनमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनाम गौतम ‘ए’ श्रेणीमा रहेका छन् । उनीहरूको भाउ न्युनतम १० लाख रुपैयाँ रहेको छ भने अधिकतम १५ लाख हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय