जेनजी आन्दोलनपछि फरार सजायप्राप्त प्रतिवादी बीरगन्जबाट पक्राउ

spot_img

बीरगन्ज,२२ वैशाख । जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय सुनाइएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले बीरगन्जबाट पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सुर्खेतको गुर्वाकोट नगरपालिका–२ का २२ वर्षीय बेगम विकलाई मंगलबार बिहान बीरगन्ज महानगरपालिका–४ स्थित विर्ता चोकबाट नियन्त्रणमा लिएको हो। उनी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार विक यसअघि जेनजी आन्दोलनका क्रममा बीरगन्जस्थित बाल सुधार गृहबाट फरार भएका थिए। उनीविरुद्ध अदालतले ८ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।

कैद भुक्तानका क्रममा सुधार गृहबाट भागेपछि उनी लामो समयदेखि फरार रहेका थिए।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेका विकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी मंगलबार नै पुनः बाल सुधार गृह बीरगन्जमा पठाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय