टप एन्ड टी–२० सिरिज: नेपालको लगातार दोस्रो जित

spot_img

काठमाडाैं,०४ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।

बुधबारको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो। टीमका लागि कुशल मल्लले २९, कप्तान दिपेन्द्रसिंह ऐरीले २७, र लोकेश बमले २४ रन बनाए।

जवाफमा, १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो। नेपालका लागि सोमपाल कामीले १७ रन खर्चेर ५ विकेट लिए भने कुशल भुर्तेलले २ विकेट हात पारे।

नेपालले सुरुका तीन खेलमा लगातार हार व्यहोरे पनि होबार्टविरुद्धको ६६ रनको जितपछि यो दोस्रो लगातार सफलता हासिल गरेको हो। यस जितसँगै नेपालले ५ खेलबाट ४ अंक जोड्दै छैठौं स्थानमा पुगेको छ।

नेपालको अगली खेल शुक्रबार पाकिस्तान शाहीन्ससँग हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय