दोस्रो संस्करणको एनपीएल मंसिर १ देखि सुरु हुने

spot_img

ठमाडौं,०६ भदौ । नेपालको बहुप्रतिक्षित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म (नोभेम्बर १७ देखि डिसेम्बर १३) आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरेको हो। पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणप्रति क्रिकेट प्रेमीहरूको उत्साह झन् बढेको छ।

एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स विजेता बनेको थियो। यसपटकको संस्करणका लागि केही समयअघि सम्पन्न मिनी अक्सनमार्फत टोलीहरूले आफ्नो स्क्वाडलाई आवश्यकता अनुसार मजबुत बनाएका छन्। अहिले टोलीहरूले विदेशी खेलाडीहरूलाई अनुबन्ध गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्, जसले यसपटकको लिगलाई अझ प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।

क्यानका अनुसार, विदेशी खेलाडीहरूको सहभागिताले एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप आकर्षक बनाउने र युवा नेपाली खेलाडीहरूलाई अनुभव बटुल्ने सुनौलो अवसर प्रदान गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय