विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस

spot_img

काठमाडौं,०६ भदाै । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शुक्रबार प्रतिनिधि सभामा पेस भएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् ।

थापाले सरोकारवाला पक्षसँग औपचारिक र अनौपचारिक छलफल गरी विधेयकलाई थप समृद्ध बनाइएको बताए । समितिले बिहीबारको बैठकमार्फत विधेयक पारित गरेको थियो । लामो समयपछि परिवर्तन हुँदै गरेको कानुनले विद्यालय शिक्षामा उल्लेख्य सुधार ल्याउने विश्वास उनले व्यक्त गरे ।

तर, विधेयकमा प्रतिपक्षी दलहरूले फरक मत राखेका छन् । नेकपा (माओवादी केन्द्र) ले निजी विद्यालयले दिने छात्रवृत्ति व्यवस्थाबारे संसदीय उपसमितिको प्रस्तावअनुसार गर्नुपर्ने लगायत पाँच बुँदे फरक मत राखेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्ण छात्रवृत्ति आवाससहितको व्यवस्था हुनुपर्ने माग गर्दै तीन बुँदे फरक मत राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रस्तावमा असहमति जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय