spot_img

पर्सा लगायत देशभर उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

spot_img
spot_img

वीरगंज, २१ फागुन — पर्सा सहित देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। पर्सा जिल्लामा मतदाताको सहभागिता उच्च देखिएको छ भने सबै उम्मेदवारको भविष्य मतपेटिकामा सुरक्षित भएको जानकारी प्राप्त भएको छ।

पर्सा जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लामा ६० प्रतिशतभन्दा बढी मत खसेको छ। यद्यपि, अन्तिम र आधिकारिक तथ्याङ्क केही समयपछि सार्वजनिक गरिनेछ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पर्साका प्रबक्ता प्रभाकर मल्लिकका अनुसार, पर्सामा निर्वाचन शान्तिपूर्ण र उत्साहजनक तरिकाले सम्पन्न भएको छ। उनले थपे कि, अहिले मतपेटिका संकलनको तयारी भइरहेको छ र मतपेटिका संकलनपछि सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया अघि बढाइनेछ।

केही मतदान केन्द्रमा ७० प्रतिशतसम्म मत खसिसकेको तथ्यांक छ। मधेसमा होली पर्व रहेको कारण धेरै मतदाता घर फर्किएका थिए, जसले मतदानमा सकारात्मक प्रभाव पारेको देखिन्छ। साथै, विदेशमा रोजगारी, अध्ययन वा अन्य कारणले बाहिर रहेका मतदाता पनि घर फर्केका थिए।

सामान्य छिटफुट घटना बाहेक देशभर मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ। निर्वाचन अधिकारीहरूले मतदाता र सुरक्षाकर्मीको सहयोगलाई सकारात्मक मूल्याङ्कन गरेका छन्। देश भर ६ हजार ५४१ उम्मेदवार चुनावी मैदानमा छन् ।

spot_img

ताजा अपडेट

लोकप्रिय