spot_img

पश्चिमी प्रणालीको प्रभाव: पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

spot_img
spot_img

काठमाडौँ, २९ फागुन । देशमा सक्रिय विभिन्न मौसमी प्रणालीको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

यसका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि बाक्लो बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको मौसमविद्हरूले बताएका छन्।

शुक्रबार पनि कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बदली रहने तथा देशका अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै मधेस, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा पनि एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली स्थिर रहनु र पश्चिमी न्यून चापीय प्रणाली पूर्ण रूपमा सक्रिय हुन नसक्नुका कारण पर्याप्त वर्षा हुन सकेको छैन। यसै कारण वायुमण्डलको तल्लो तहमा प्रदूषण थुप्रिएर देशका धेरै स्थानमा पछिल्ला दिनहरूमा तुवाँलोको प्रभाव देखिएको छ।

तर बिहीबारदेखि मौसमी गतिविधि क्रमशः बढ्दै जाने संकेत देखिएको छ। केही स्थानमा क्षणिक वर्षा हुन सक्ने सम्भावनासँगै हाल देखिएको मौसमीय अवस्था बिस्तारै सुधार हुँदै जाने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय