spot_img

महावीर पुनकाे चुनाव खर्च २८ लाख भन्दा बढी खर्च

spot_img
spot_img

काठमाडौं,२९ फागुन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। म्याग्दी क्षेत्र नम्बर १ बाट निर्वाचित पुनले चुनावी अवधिमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको जानकारी दिएका छन्।

निर्वाचन आयोगमा बुझाइएको विवरण अनुसार उनको सबैभन्दा धेरै खर्च होटलमा खाना र बसोबासका लागि भएको देखिएको छ। यस शीर्षकमा मात्रै १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च गरिएको उल्लेख गरिएको छ।

त्यसैगरी यातायाततर्फ ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च भएको छ भने डिजेलका लागि ३ लाख ६० हजार ४९९ रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। चालकको ज्यालामा करिब १ लाख ४० हजार रुपैयाँ खर्च भएको पनि उनले जानकारी दिएका छन्।

निर्वाचन आयोगको व्यवस्था अनुसार निर्वाचित उम्मेदवारहरूले निर्वाचनपछि आफ्नो खर्चको विस्तृत विवरण आयोगमा बुझाउनुपर्ने प्रावधान रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय