पर्सामा अवैध बालुवा उत्खनन, १०० ट्रिपभन्दा बढी बालुवा फेला

spot_img

वीरगञ्ज,२१ पौष — पर्सा जिल्लाका विभिन्न खोलामा अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन भइरहेको पाइएको छ। जिल्ला समन्वय समिति, पर्साले गरेको अनुगमनका क्रममा १०० ट्रिपभन्दा बढी बालुवा अवैध रूपमा उत्खनन गरी भण्डारण गरिएको फेला परेको हो।

जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको नेतृत्वमा गएको अनुगमन टोलीले जिराभवानी गाउँपालिका–५, शंकरसरिया क्षेत्रमा पर्ने भौवाही खोलाबाट करिब १०० ट्रिपभन्दा बढी बालुवा उत्खनन गरी थुपारिएको अवस्थामा फेला पारेको छ।

अनुगमनका क्रममा उक्त खोलामा हालसम्म कुनै पनि ठेक्का नलागेको र नियमविपरीत लामो समयदेखि उत्खनन भइरहेको पाइएको जिल्ला समन्वय समितिले जनाएको छ। स्थानीय प्रहरी तथा जनप्रतिनिधिहरूको कमजोरीका कारण अवैध उत्खनन निरन्तर भइरहेको आशंका गरिएको छ।

टोलीले अवैध उत्खननमा प्रयोग गरिएको प्रदेश नं. ३–५५३६ नम्बरको ट्र्याक्टरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।

जिल्ला समन्वय समिति पर्साले अवैध उत्खननमा संलग्न व्यक्ति तथा समूहलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय