सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन क्षेत्रमा गरी १३३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ६१ जना विभिन्न राजनीतिक दलका र ७२ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
क्षेत्रगत रूपमा क्षेत्र नं. १ मा २९, क्षेत्र नं. २ मा ३१, क्षेत्र नं. ३ मा ३४ र क्षेत्र नं. ४ मा सबैभन्दा धेरै ३९ जनाले उम्मेदवारी दिएका छन्। प्रमुख राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रमा मनोनयन दर्ता गराएका छन्।



