धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्ब्याइएको छ।
सोमबार साँझदेखि लागू कर्फ्यूलाई पटक–पटक विस्तार गर्दै साँझ ६ बजेसम्म पुर्याइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
कर्फ्यू अवधिमा अत्यावश्यक सेवाबाहेक आवतजावत, भेला, सभा तथा प्रदर्शन निषेध गरिएको छ। प्रशासनले आवश्यक परे सुरक्षाकर्मीसँग समन्वय गरेर मात्र बाहिर निस्कन अनुरोध गरेको छ।


