spot_img

दुई जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

spot_img
spot_img

काठमाडौं,२७ फागुन । दुई जलविद्युत् कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका छन्। अनुमति पाउने कम्पनीहरूमा सानीगाड हाइड्रोपावर र कालंगा हाइड्रोपावर कम्पनी रहेका छन्।

सानीगाड हाइड्रोपावरले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले आफ्नो कुल सेयरमध्ये ३० प्रतिशत सर्वसाधारणका लागि जारी गर्नेछ भने बाँकी ७० प्रतिशत सेयर संस्थापक समूहको रहनेछ। यस कम्पनीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटललाई दिइएको छ।

त्यसैगरी कालंगा हाइड्रोपावर कम्पनीले पनि ४९ लाख कित्ता साधारण सेयर निष्कासनका लागि अनुमति प्राप्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्नेछ। यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। कम्पनीले आफ्नो कुल सेयरमध्ये ३५ प्रतिशत सर्वसाधारणमा निष्कासन गर्ने अनुमति पाएको हो।

दुवै कम्पनीले आईपीओ निष्कासन अघि विवरणपत्र सार्वजनिक गरी कम्पनी तथा जलविद्युत् आयोजनासम्बन्धी विस्तृत जानकारी लगानीकर्तालाई उपलब्ध गराउने जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय