Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026
Date
बिहि, माघ १५, २०८२
Thu, January 29, 2026

बीरगन्जमा आजदेखि दोस्रो मधेश...

बीरगन्ज,१५ माघ  । मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित बीरगन्जमा आजदेखि...

कांग्रेस पूर्वसांसदहरूको सर्वोच्च जाने...

काठमाडौँ,१५ माघ  । नेपाली कांग्रेसका पूर्वसांसदहरूले सर्वोच्च अदालत जाने तय गरिएको कार्यक्रम अन्तिम...

मोटरसाइकल नहरमा खस्दा एक...

चितवन,१५ माघ । भरतपुर महानगरपालिका–१४ राधापुरस्थित नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु...

गरिमा विकास बैंकका सुरक्षा...

पोखरा,१५ माघ । स्याङ्जाको बिरुवा गाउँपालिका–१ मा रहेको गरिमा विकास बैंकका सुरक्षा गार्डमाथि...
spot_img

अवसरवादको राजनीतिमा अगाडि बढ्दै जसपा पर्साको अध्यक्ष बने तवरेज अहम्द

spot_img

वीरगन्ज,०४ माघ । जनता समाजवादी पार्टी ९जसपा० भित्र चलिरहेको शक्ति संघर्ष र अवसरवादी राजनीतिका बीच तवरेज अहम्द फेरि एकपटक केन्द्रमा आएका छन्। राजनीतिक परिस्थितिको सूक्ष्म आँकलन गर्दै सत्ता र शक्तिको समीकरणअनुसार आफूलाई पुनःस्थापित गर्न सफल अहम्द अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साको जिल्ला अध्यक्षमा मनोनित भएका छन्।

यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा रहँदा पर्सा जिल्ला अध्यक्ष रामनरेश यादवका अत्यन्त निकट मानिने अहम्द राजनीतिक मोडसँगै अचानक भूमि आयोग पर्साको अध्यक्ष बनेर अशोक राई नेतृत्वको खेमामा प्रवेश गरेका थिए। यस घटनाले उनी सिद्धान्तभन्दा अवसरलाई प्राथमिकता दिने नेताको रूपमा परिचित हुँदै गएको विश्लेषकहरूको भनाइ छ।

पछिल्लो समय रेणु यादव र पूर्वमन्त्री प्रदीप यादवको खुलेर प्रशंसा गर्दै आएका अहम्द पुनः एकाएक धार परिवर्तन गर्दै अशोक राई नेतृत्वको जसपामा सक्रिय हुनु पार्टीभित्र मात्र होइन, मधेशी राजनीतिमा पनि प्रश्नको विषय बनेको छ। वीरगञ्जका पूर्वमन्त्री प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायत पर्साका अधिकांश नेता–कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेपछि खाली बनेको जसपा पर्साको नेतृत्व कब्जा गर्नु उनको राजनीतिक चातुर्यको अर्को उदाहरण मानिएको छ।

एक समय प्रदीप यादवका तीव्र आलोचक रहेका अहम्द भूमि आयोगको जिम्मेवारी पाएपछि अचानक समर्थकको भूमिकामा देखिनु र अहिले पुनः राजनीतिक सम्भावनाको आकलन गर्दै धार फेर्नु उनी अवसरअनुकूल बोली र व्यवहार परिवर्तन गर्ने नेताको रूपमा स्थापित हुँदै गएको टिप्पणी पार्टीका नेताहरू गर्छन्।

जसपाभित्रका केही नेताहरूका अनुसार अहम्द पद, प्रभाव र व्यक्तिगत राजनीतिक लाभका लागि पार्टीभित्र तथा बाहिर बारम्बार ‘क्याम्प’ परिवर्तन गर्दै आएका छन्। पर्साका अधिकांश नेताहरू उपेन्द्र यादव पक्षमा गोलबद्ध भइरहेका बेला अशोक राईसँग गई जिल्ला अध्यक्ष बन्नु उनले सामूहिक निर्णयभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको प्रमाण भएको उनीहरूको आरोप छ।

यतिसम्म कि पार्टीभित्र उनी धोकेबाज र अविश्वसनीय नेताको छविमा परिचित हुँदै गएको बताइन्छ। तर अहम्द भने यी सबै आरोपलाई सिधै अस्वीकार गर्दै आफू कसैको दास नभएको, परिस्थितिअनुसार राजनीतिक निर्णय लिने क्षमता आफूमा रहेको दाबी गर्छन्। सिद्धान्त र मधेशका मुद्दामा आफू अडिग रहेको बताउँदै आएका उनले आलोचनालाई राजनीतिक ईर्ष्या मात्र भएको प्रतिक्रिया दिँदै आएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय