झापा–५ मा दुई भावी प्रधानमन्त्रीबीच रोचक प्रतिस्पर्धा

spot_img

काठमाडौँ,०६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ देशकै सबैभन्दा चासोको केन्द्र बनेको छ। सो निर्वाचन क्षेत्रबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आठौँ पटक चुनावी मैदानमा उत्रिँदै छन्।

जेनजी विद्रोहको क्रममा सत्ता गुमाएका ओलीलाई योपटक निर्वाचनमा काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन शाहले चुनौती दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता रहेका बालेनले संसदीय निर्वाचनमा ‘डेब्यू’ गर्न लागेका हुन् । देशमा चार पटक प्रधानमन्त्री भइसकेका ओली २०४८ सालदेखि लगातार त्यही क्षेत्रबाट उठ्दै आएका छन् । २०६४ सालको संविधान सभा निर्वाचनमा नेकपा माओवादीका उम्मेदवार विश्वदीप लिङ्देनसँग पराजित हुनबाहेक हरेक निर्वाचनमा उनी विजयी हुँदै आएका छन् ।

२०७९ को निर्वाचनमा ओली ५२ हजार ३१९ मतसहित निर्वाचित भएका थिए । त्यतिबेला ओलीले राप्रपासँग चुनावी तालमेल गरेका थिए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए । कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो । तेस्रो स्थानमा रहेका रास्वपाका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मत प्राप्त गरेका थिए ।

आसन्न निर्वाचनमा एमालेले ओलीलाई र रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । यस क्षेत्रमा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५, ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७, ८, दमक नगरपालिका र कमल गाउँपालिका पर्दछ । झापा–५ नेपाली कम्युनिस्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याएको छैन ।

spot_img

ताजा अपडेट

लोकप्रिय