काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत काठमाडौं ल्याइएका यी नागरिकहरूलाई अमेरिकाले सोदेश फर्काएर छाडिदिएको छ।
अध्यागमन विभागका अनुसार डिपोर्ट भएका ८० जनामध्ये ७९ पुरुष र १ महिला रहेको छ। विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार उनीहरूमा केहीको कागजात नभएको, केही गैरकानुनी रुपमा बसोबास गरेको र केहीले अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेको पाइएको छ।
डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोलाई बुझाइएको थियो। ब्युरोका अधिकारीहरूले उनीहरूसँग सोधपुछ गरी परिवारको जिम्मेवारीमा राखेका छन्। साथै, कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी रूपमा अमेरिका पठाएको भए उजुरी दिन पनि ब्यूरोले अनुरोध गरेको छ।
यसअघि पनि अमेरिकाले चरणबद्ध रूपमा नेपाली नागरिकलाई डिपोर्ट गर्दै आएको छ।

