काठमाडौँ,०८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी गतिविधिमा सक्रिय छन्। हिजो झापामा रहेर मतदातासँग भेटघाट गरेका शाह आज बिहान इलाम पुगेर प्रचारप्रसारमा व्यस्त थिए।
अहिले उनी पाँचथर पुगेका छन्। यहाँ उनले पार्टीका उम्मेदवारका लागि मत माग्दै मतदातासँग संवाद गर्दै आएका छन्। शाहको यो दौडधुप निर्वाचन नजिकिँदै गर्दा स्थानीय मतदातासँगको प्रत्यक्ष सम्पर्क बढाउनको लागि सञ्चालन भइरहेको छ।

