पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर आउँदै

spot_img

जनकपुर,०८ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह मधेस प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन् । पूर्वराजा शाह माघ १२ गते पत्नी कोमल शाहसहित जनकपुरधाम आउने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।

जनकपुर भ्रमणका क्रममा उनले धार्मिक स्थल जानकी मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको छ । साथै, त्यहाँ रहेका राजावादी समूह र शुभेच्छुकहरूसँग भेटघाट गर्ने तयारीसमेत रहेको जनाइएको छ ।

पूर्वराजा शाहको जनकपुर आगमनलाई धार्मिक तथा सामाजिक भेटघाटका रूपमा लिइएको छ । उनको आगमनलाई लिएर स्थानीय राजावादी समर्थकहरू उत्साहित देखिएका छन् भने भ्रमणलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने तयारी भइरहेको बताइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय