फागुन २१ निर्वाचनपछि नेकपा अग्रस्थानमा पुग्ने सम्भावना : प्रचण्ड

spot_img

काठमाडौँ,१६ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ को निर्वाचनपछि आफ्नो पार्टी पहिलो नम्बरमा पुग्न सक्ने सम्भावना रहेको बताएका छन्। शुक्रबार रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले भने, “स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्ने सम्भावना छ।”

प्रचण्डले वर्तमान देशको राजनीतिक माहोल र निर्वाचन प्रक्रियामा केही समूहहरूले हस्तक्षेप गर्न खोज्ने प्रयास भएको बताए। उनले भने, “देश हाम्रो दिशातर्फ अघि बढिरहेको छ। केहीले निर्वाचन रोक्ने बहाना बनाउँछन् भने अर्का केहीले निर्वाचनलाई क्याप्चर गर्न खोजिरहेका छन्।”

नेकपा संयोजकले आफ्नो पार्टीको स्थिति प्रत्यक्ष र समानुपातिक दुवै मतमा अग्रस्थानमा रहने विश्वास व्यक्त गरे। उनले भने, “समानुपातिकमा नयाँ उम्मेदवारको प्रभाव देखिन्छ, तर प्रत्यक्ष मतमा हामी अघि छौँ। प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा यदि हामीले मेहनत गर्‍यौँ भने नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ।”

प्रचण्डले नेकपा एक नम्बर पार्टी बन्न सके आगामी पाँच वर्षमा देशलाई समृद्धिको दिशातर्फ डोर्याउन सकिने दाबी पनि गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय