Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सर्लाहीबाट ३८ किलो बढी...

सर्लाही,०२ मंसिर । प्रहरीले सर्लाहीबाट ठूलो परिणाममा लागुऔषध गाँजा बरामद गरेको छ ।...

यूएईले जेनजी आन्दोलपछि भिसा...

काठमाडौं,०२ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा...

वीरगन्ज नापी कार्यालयका दुई...

काठमाडौं,०२ मंसिर । नापी कार्यालय वीरगन्जका सर्भेक्षकसहित दुई जना पक्राउ परेका छन् ।...

राष्ट्रिय मुक्ति पार्टीले चुनावी...

काठमाडौं,०२ मंसिर । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले २१ फागुनको चुनावमा अन्य...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
21.2 C
Birgunj
spot_img

विपिन जोशी जीवित नरहेको इजरायली सेनाको जानकारी, परिवारसँग भिडियोमार्फत पुष्टि

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २७ असोज । इजरायली डिफेन्स फोर्स (आइडिएफ) ले नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक जानकारी दिएको छ। सोमबार जोशी परिवार र इजरायलस्थित नेपाली दूतावाससँग गरिएको भिडियो सम्मेलनमार्फत इजरायली अधिकारीहरूले यो जानकारी दिएका हुन्।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार आइडिएफका अधिकारीहरूले भिडियो कुराकानीका क्रममा परिवारलाई “He is no more” भन्ने जानकारी दिएका थिए। राजदूत पण्डितले भने, “विपिनको परिवार र हामीसँग आइडिएफका अधिकारीहरूले प्रत्यक्ष कुराकानी गर्दै यो दुःखद समाचार सुनाए।”

भिडियो कुराकानीमा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिकाबाट जोडिएका थिए। त्यसैगरी परिवारका सदस्य किशोर जोशी, राजदूत पण्डित तथा आइडिएफका उच्च अधिकारीहरू पनि सहभागी थिए।

राजदूत पण्डितका अनुसार, आइडिएफका अधिकारीहरूले हमासको नियन्त्रणमा रहेका केही बन्धकहरूलाई चाँडै मुक्त गरिने जानकारी पनि दिएका छन्। तर मृतक घोषित केही व्यक्तिहरूका शव अझै फेला नपरेको उनले बताए।

यसैबीच, परराष्ट्र मन्त्रालयले आइडिएफको जानकारीलाई अझै आधिकारिक प्रमाण मान्न नसकिने जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने, “यो आइडिएफको प्रारम्भिक आकलन मात्र हुन सक्छ। विगतमा पनि यस्ता केही घटनामा फरक विवरण आएका थिए। त्यसैले अन्तिम पुष्टि नआएसम्म हामी उहाँ सकुशल रिहा हुनुहुनेछ भन्ने आशामा छौं।”

विपिन जोशी हमास आक्रमणपछि बेपत्ता भएका नेपालीहरूमध्ये एक हुन्। जोशी बेपत्ता भएको एक वर्ष नाघ्दा पनि उनको अवस्थाबारे औपचारिक पुष्टि नआउँदा परिवार निरन्तर आशावादी थियो। तर आइडिएफको ताजा सूचनाले परिवारलाई ठूलो आघात पु‍र्‍याएको छ।

ताजा समाचार

थप समाचार