Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

साउथजोन माध्यमिक विद्यालयको १७...

वीरगंज, २९ माघ — वीरगंज महानगरपालिका–राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयले आफ्नो १७औँ वार्षिकोत्सव भव्य...

आफ्नो पक्षमा जनसमर्थन रहेको...

वीरगंज, २९ माघ - चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन...

संकटदेखि संरचनासम्म : पर्सा–१...

वीरगञ्ज, २९ माघ – पूर्व खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ बाट...

सानो दीप संस्थाद्वारा विद्यालयमा...

वीरगञ्ज । सानो दीप संस्थाको आयोजनामा श्री शारदा माध्यमिक विद्यालयमा निःशुल्क आँखा, दाँत...
spot_img

पर्सा–२ मा जसपाको शक्ति प्रदर्शन, बहुदरमाई–४ मा सयौँको प्रवेश र नयाँ कार्यालय उद्घाटन

spot_img

बीरगन्ज,२९ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिका–४ मा जनता समाजवादी पार्टी (जसपा) ले पार्टी प्रवेश तथा कार्यालय उद्घाटन कार्यक्रम आयोजना गरेको छ। विभिन्न दल परित्याग गरी सयौँ युवा, बुद्धिजीवी तथा स्थानीय अगुवाहरू जसपामा प्रवेश गरेको दाबी पार्टीले गरेको छ।

नवप्रवेशीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै जसपाकी नेतृ करिमा बेगम, नेता सन्तोष तिवारी, वडा नं। २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी लगायत स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नवप्रवेशीहरूलाई टीका, अबिर र फूलमालासहित पार्टीमा स्वागत गरिएको थियो।

उक्त अवसरमै बहुदरमाई–४ मा जसपाको नयाँ पार्टी कार्यालयसमेत उद्घाटन गरिएको छ। उम्मेदवार टेमानीले रिबन काटेर कार्यालय उद्घाटन गर्दै स्थानीय स्तरमा संगठन मजबुत बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा चुनावी गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको बताए।

कार्यक्रममा बोल्ने नवप्रवेशीहरूले विकास र परिवर्तनको अपेक्षासहित जसपामा आबद्ध भएको बताएका थिए। विगतका प्रतिनिधिबाट अपेक्षित उपलब्धि हुन नसकेको उल्लेख गर्दै यसपटक जनआवश्यकता नजिकबाट सम्बोधन गर्ने उम्मेदवारलाई साथ दिने धारणा उनीहरूले व्यक्त गरे।

उम्मेदवार टेमानीले क्षेत्रको विकास, सुशासन र जनसेवामुखी राजनीति आफ्नो प्राथमिकता रहने प्रतिबद्धता जनाए। युवाशक्ति र स्थानीय अगुवाहरूको साथले आफ्नो अभियान थप सशक्त बन्ने विश्वास उनले व्यक्त गरे।

बहुदरमाई–४ मा सम्पन्न कार्यक्रमलाई पर्सा–२ मा जसपाको चुनावी रणनीति अन्तर्गत संगठन विस्तार र जनआकर्षण बढाउने प्रयासका रूपमा हेरिएको छ। पार्टीले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय