spot_img

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

spot_img
spot_img

काठमाडौँ,१४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ। बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै उनको उपचार र स्वास्थ्य अवस्थाबारे जानकारी दिएको हो।

अस्पतालका अनुसार लामिछानेलाई नशाबाट एन्टिबायोटिक्स दिँदै उपचार भइरहेको छ। माघ ५ गते जनकपुरको एक कार्यक्रममा सहभागी हुँदै गर्दा उनको देब्रे खुट्टामा चोट लागेको थियो। औषधि सेवन गर्दा पनि चोटमा सन्चो नभएपछि छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएको र माघ १३ गते साँझ उनलाई अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो।

अस्पतालले भनेको छ कि लामिछानेको अवस्था सामान्य भए पनि संक्रमण फैलिन नदिन चिकित्सकहरूको निगरानीमा उपचार जारी छ। उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, स्वास्थ्यमा पूर्ण सुधार आएपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किनेछन्। अस्पतालले लामिछानेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय